Section 13
सूचित बीउ बिजनको बिक्री वितरण
१३.१ सूचित बीउ बिजनको बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले आपूले बिक्री वितरण गर्ने बीउको भाँडोमा देहायको विवरण उल्लेख गर्नु पर्नेछ –
१३.१.१ बीउ बिजनको किसिम र जात,
१३.१.२ दफा १२ बमोजिम तोकिएको न्यूनतम गुणस्तरको हद,
१३.१.३ रासायनिक पदार्थ प्रयोग गरी उपचार गरिएको भए सोको विवरण,
१३.१.४ तोकिए बमोजिमका अन्य कुराहरू ।
१३.२ उपदफा १३.१ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास क्षेत्रको लागि मात्र उपयुक्त हुने भनी प्रजनकले निर्धारण गरेको किसिम र जातको सूचित बीउ बिजन त्यसरी निर्धारण गरिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा बिक्री वितरण गर्न वा गराउन पाइने छैन ।